IMG-LOGO

उमंग सकोसको जगेडा कोष ५१ लाख ८३ हजार

 मंगल, मंसिर १०, २०८२  – सविना खड्का, प्रशिक्षार्थी पत्रकार

 

    उमंग बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको ९ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष उमेश श्रेष्ठले उद्घाटन गर्नुभयो । संस्थाका अध्यक्ष श्रेष्ठले सहकारी संस्थाले उद्यमसिलताको बिकास, स्वरोजगार सृजना गर्नुका साथै सदस्यहरुको आर्थिक उपार्जनमा योगदान गरेको बताउनुभयो । संस्थाको सचिव सुमित्रा श्रेष्ठ बादेले प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना, कोषाध्यक्ष बालकाजी मानन्धरले आ.व. २०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षको बजेट प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समिति संयोजक तारादेवी मानन्धरले लेखाप्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका उपाध्यक्ष मोहनकाजी मानन्धरले स्वागत गर्नुभएको थियो । १ हजार ८ सय २८ शेयर सदस्यबाट १ करोड ६० लाख ५९ हजार ६ सय शेयर पूँजी संकलन गरेको संस्थाले जनाएको छ । १३ करोड ३८ लाख ४८ हजार ५ सय १० बचत संकलन, १७ करोड २७ लाख ९९ हजार ७१ ऋण लगानी गरी १ करोड ९२ लाख ४८ हजार ६ सय ८६ कुल आम्दानी गरेको छ । ७ लाख ९५ हजार ८ सय ३४ खुद मुनाफा कमाएको छ । ऋण जोखिम कोष ८६ लाख ३९ हजार ९ सय ५३, जगेडा तथा अन्यकोष ५१ लाख ८३ हजार ७ सय ३८ रहेको छ । संस्थाकी प्रबन्धक रस्मीता मानन्धरले संस्थाले नीतिविधी प्रविधिमा रहेर कार्य गरेको जनाउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्