IMG-LOGO

क्यान काभ्रेले ग¥यो डिजिटल ट्रान्सफर्मेसन अफ बिजनेस एण्ड एआई विषयक कार्यशाला

 मंगल, मंसिर १०, २०८२  – विनिता थापा, प्रशिक्षार्थी पत्रकार

 

    कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) काभ्रेपलान्चोक शाखाको २१औँ वार्षिक साधारणसभा तथा ‘डिजिटल ट्रान्सफर्मेसन अफ बिजनेस एण्ड एआई’ विषयक सूचना प्रविधि कार्यशाला बनेपा–७ स्थित पूर्वाञ्चल क्याफेमा एक कार्यक्रमबीच सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता क्यान काभ्रे शाखा अध्यक्ष देवकी आचार्यले गर्नुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि क्यान महासंघका केन्द्रीय उपाध्यक्ष एवं काभ्रेका पूर्व अध्यक्ष शेखरनाथ दुलाल तथा विशिष्ट अतिथि सूचना प्रविधि विज्ञ तथा क्यान महासंघका केन्द्रीय सदस्य हेम्पाल श्रेष्ठ रहनुभएको थियो । क्यान बागमती प्रदेशका उपाध्यक्ष विकास पन्त, उद्योग वाणिज्य संघ काभ्रेका महासचिव रञ्जित पलाञ्चोके, पत्रकार महासंघ काभ्रे अध्यक्ष विनोदकुमार न्यौपाने लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    कार्यक्रममा क्यान काभ्रे शाखाका सचिव राजकुमार (केवल) तिमिल्सिनाले कार्यक्रम सञ्चालन तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष श्याम गोपाल श्रेष्ठले वित्तीय विवरण सार्वजनिक गर्नुभयो । संचालक सदस्य विनिता गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

    कार्यक्रमअन्तर्गत आयोजित कार्यशालामा विशिष्ट अतिथि हेम्पाल श्रेष्ठले डिजिटल ट्रान्सफर्मेसनको अवधारणा, व्यवसायमा प्रविधिको रणनीतिक प्रयोग, एआई टेक्नोलोजीले हार्डवेयर व्यवसायमा पु¥याउने प्रभाव, व्यवसाय विफल हुने कारण, मूल्य निर्धारण, स्टक व्यवस्थापन, ग्राहक प्रतिक्रिया प्रणाली, सामाजिक सञ्जाल व्यवस्थापन तथा व्यवहारिक डिजिटल टुल्ससम्बन्धी विषयमा प्रशिक्षण दिनुभयो ।

    प्रमुख अतिथि शेखरनाथ दुलालले साइबर सुरक्षाको बढ्दो आवश्यकता, डिजिटल बजारको प्रतिस्पर्धा तथा ई–कमर्सको विस्तारसँगै स्थानीय व्यवसायले डिजिटल क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै “व्यवसाय मात्र पर्याप्त हुँदैन, डिजिटल सीप अब अनिवार्य छ” भन्दै व्यवसायीलाई प्रविधिको विकासलाई उपयोग गर्न सक्नुपर्ने धारणा राख्नुभयो । पत्रकार महासंघ काभ्रेका अध्यक्ष न्यौपानेले सामाजिक सञ्जालको सजगता सूचना प्रविधिको सहि प्रयोग तथा तथ्याङक सुरक्षा हरेक व्यक्तिको प्राथमिकता हुनुपर्ने उल्येख गर्नुभयो ।

    उद्योग वाणिज्य संघ काभ्रेका महासचिव पलाञ्चोकेले डिजिटल प्रविधिको प्रभावकारी उपयोगमार्फत स्थानीय व्यवसायलाई प्रतिस्पर्धी बनाउन सम्भव भएको उल्लेख गर्दै क्यान काभ्रेले आयोजना गरेको नयाँ प्रविधिको विकासको सवालमा व्यावसायिक विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्