IMG-LOGO

मुख्य सचिवमा अर्याल

 मंगल, मंसिर १०, २०८२  --

    सरकारले मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले रक्षा सचिव रहेका अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनी वरिष्ठ सचिव थिए । मुख्यसचिव एकनारायण अर्यालले ५८ वर्षे उमेर हदका कारण यही मंसिर १० गते अनिवार्य अवकाश पाउँदैछन् । त्यसैले अर्याललाई हिजो नै मुख्यसचिव नियुक्त गरिएको हो । काठमाडौंको जोरपाटीका अर्याल २०७७ माघ १९ गते सचिव बढुवा भएका थिए । उनी २०५३ साल वैशाख १९ गतेबाट निजामती सेवा प्रविष्ट भएका हुन् । तथ्यांक शास्त्रमा स्नातकोत्तर अर्याल केन्द्रीय तथ्यांक विभागमा शाखा अधिकृतको रूपमा प्रवेश गरेका थिए भने सोही विभागमा महानिर्देशक सम्मको जिम्मेवारीमा पुगेका थिए । अर्यालसँग सुदूरपश्चिम प्रदेशको आर्थिक योजना मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेको अनुभव छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्