खोपासी –कामीडाडा–ताल्ढुङ्गा सडकको ठेक्का प्रक्रिया अघि बढेको छ । काभ्रेको खानिखोला गाउँपालिका जाने प्रमुख सडक निर्माणको लागि प्रक्रिया अघि बढेको हो । सघं– प्रदेशको समपुरक तर्फको ३० करोड बजेटले उक्त सडक खण्डको स्याउरेथली – चित्रे खण्ड निर्माण हुनेछ । पुर्बाधार बिकास कार्यालय काभ्रेले ३० दिनको म्याद राखेर आइतबार ठेक्का आह्वान गरेको हो ।
