IMG-LOGO

नेका काभ्रे सभापति तिर्थलाई पृतिशोक

 मंगल, मंसिर १०, २०८२  --

    नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति एवं बागमती प्रदेश सभा सदस्य तिर्थ लामालाइ पितृशोक परेको छ । उहाँका पिता ८७ बर्षिय केशरबहादुर तामाङको सोमबार रोशी–६ लेकपानीमा तामाङ समुदायको संस्कार अनुसार दाहसंस्कार गरिएको छ । राजनीति र सामाजिक कार्यमा समेत सकृय रहनुभएका केशरबहादुर केही समयदेखि अस्पतालको उपचारपछि घरमा नै रहनुभएको थियो । शनिबार देहावसान हुनुभएका स्व.केशरबहादुर तामाङलाई नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), केन्द्रीय सदस्यहरू शिवप्रसाद हुमागाई, मधु प्रसाद आचार्य,गणेश लामा, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिं लामा, प्रदेशका मन्त्रीहरू प्रभात तामाङ, कृष्णबहादुर तामाङ, सुरेश श्रेष्ठ लगायतका नेताहरुले नेपाली काङ्ग्रेसको झन्डा ओढाएर दुःख व्यक्त गर्दै शोकमा रहेका परिवारजनमा समबेदना प्रकट गर्नुभएको छ । स्व.केशरबहादुरका श्रीमती कान्छीमाया तामाङ सहित ३ छोरा र २ छोरी हुनुहुन्छ । स्वर्गीय केशर बहादुरप्रति काभ्रे टाइम्स र रेडियो एविसी परिवार भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्