IMG-LOGO

अजिमा बचतको १८ औं साधारण सभा सम्पन्न

 मंगल, मंसिर ३, २०८२  --

 

      अजिमा बचत तथा ऋण सहकारी संस्था लि. को १८ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष सोकसुधार भैलले सभापतित्वमा सम्पन्न भयो । ७ सय ९९ शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी १ करोड ४३ लाख ५५ हजार २ सय रहेको छ । १३ करोड ४० लाख ९ हजार ९ सय ५२ कुल कारोबार गरेको संस्थाको ३१ लाख २ हजार १ सय ९४ रहेको छ । ८ करोड २२ लाख ४ हजार २ सय ७९ बचत निक्षेप रहेको छ । २०८०÷०८१ मा गरीएको ऋण लगानी १२ करोड ८७ लाख १८ हजार ८ सय ३१ लाई असुलीलाई ताकेता गरेको नयाँ ऋण लगानी हुननसकेको जनाएको छ । ९१ लाख ८९ हजार ७ सय ७ ऋण असुली गरेको छ । सचिव गोपाल भक्त वैदारले प्रगति तथा भावि कार्ययोजना, कोषाध्यक्ष अशोकरत्न शाक्यले आ.व. २०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण प्रतिवेदन संस्थाका लेखा संयोजक पूर्णकाजी शाक्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका कामु प्रबन्धक पुरुषोतम केसीले संस्थाले सदस्यहरुलाई कर्जा प्रवाहमा सहजीकरण उद्यमसिलता बिकासमा जोड दिएको बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्