IMG-LOGO

चण्डेश्वरी जेष्ठ नागरिक आश्रमको साधारण सभा

 मंगल, मंसिर ३, २०८२  --

 

      श्रीमाई चण्डेश्वरी जेष्ठ नागरिक आश्रमको पाँचौ वार्षिक साधारणसभा तथा चौधौ स्थापना दिवस शनिबार सम्पन्न भएको छ । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा एवं आश्रमका अध्यक्ष उद्धब तिमल्सिनाको सभापत्विमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बनेपा नगरपालिकाको आर्थिक सहयोगमा आश्रमको गेट निमार्ण सम्पन्न भएको र विभिन्न दाताहरुको सहयोग बाट आश्रमको भवन बनाउन शुरु गरिने उपाध्यक्ष सुरकृष्ण बैधले जानकारी दिनुभयो । आश्रमको वार्षिक प्रतिबेदन सचिब उद्धब आचार्यले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष ग्रुवेन तौजलेले प्रस्तुत गर्नुभएको थियो । विभिन्न दाताहरुलाई सम्मान गरिएको कार्यक्रमको संचालन सहसचिव मोहन बैधले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्