IMG-LOGO

सुनिल संगमलाई “देवकोटा डायस्पोरिक सम्मान–२०८२”

 मंगल, मंसिर ३, २०८२  --

      काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीको अवसरमा ‘सखी’ प्रतिस्ठानले कवि गोष्ठी एवं श्रष्टा सम्मान कार्यक्रमको आयोजना गरि बेलायतमा रहेका गीतकार एवं साहित्यकार सुनिल संगमलाई “देवकोटा डायस्पोरिक सम्मान–२०८२”ले सम्मान गरेको छ ।

      महाकविको घर (देवकोटा सङ्रालय) नेपाल प्रज्ञा प्रतिस्ठानको शाखामा सम्पन्न भएको साहित्यिक कार्यक्रममा पुरस्कृत हुने अन्य व्यक्तिहरूमा पूर्व उपकुलपति बैरागी काइला, दिग्गज कलाकार मदन कृष्ण श्रेष्ठ, वरिष्ठ गायिका ज्ञानु राणा, कलाकार एवं कवयित्री पुजा चन्दको प्रत्यक्ष उपस्थिति थियो भने गीतकार संगमको पुरस्कार पिता रामकृष्ण श्रेष्ठले ग्रहण गरेका थिए ।

      नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता सखी प्रतिस्ठानकी अध्यक्ष मन्जिला अनिलले गरेकी थिइन् । कार्यक्रममा विभिन्न कवि तथा कवियत्रीहरूले देवकोटा सम्बन्धि कविताहरू वाचन गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्