नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा हाल भएको विशम परिस्थितिमा देखिएका राजनीतिक अस्थिरता र जेन्जी आन्दोलन भित्रका अराजक भिड पछिल्ला घटनाहरू ‘योजनाबद्ध षड्यन्त्रको परिणाम’ भएको बताउनुभएको छ । गत मंगलबार नेकपा एमाले बनेपा नगरपालिका कमिटी, काभ्रेद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाल अझै बलियो र सक्षम राष्ट्र बन्न नसक्दा पटक–पटक प्रतिगमनको चपेटामा ‘नेपाल बलियो र सक्षम राष्ट्र बन्न सकेको छैन । त्यसैले देश पटक–पटक प्रतिगमनको दुष्चक्रमा फस्ने गर्छ,’ उहाँले भन्नुभयो, ‘नेपाली समाजमा भ्रम सिर्जना गर्नेहरूले भ्रमकै खेती गरेर भदौ २३ र २४ का घटना गराएको आशंका गर्नसकिने बताउनुभयो ।’
महासचिव पोखरेलका भन्नुभयो, राजावादी शक्तिहरूले सो घटना चैत १५ गते नै गर्न चाहेका थिए, तर त्यतिबेला नसकेर पछि मात्रै उक्त योजना भदौमा कार्यान्वयन भएको उहाँको कथन छ । उहाँले माओवादी केन्द्र र अन्य शक्तिहरू पनि सो षड्यन्त्रको प्रतीक्षामा रहेका दाबी गर्नुभयो । ‘म्याजिक नम्बर भएको ३२ सिटे माओवादी केन्द्र पनि त्यस अवसरको पर्खाइमा थियो,’ उहाँले भन्नुभयो, ‘जेलमा रहेका रवि लामिछानेको पार्टी पनि सो दिनको प्रतिक्षामा थियो ।’
महासचिव पोखरेलले भदौ २३ र २४ का घटनामा विभिन्न विदेशी शक्ति र संस्था समेत संलग्न रहेको दाबी गर्नुभयो । ‘बाहिर देखिएका पात्र हेर्ने हो भने राजावादी, माओवादी, रास्वपा, बारबरा फाउन्डेसन र ओरिजिनल तिब्बतियन ब्लड ग्रुपलगायतका विदेशी शक्तिहरू भदौ २३ र २४ का घटनामा संलग्न थिए,’ उहाँको भनाइ छ, ‘वैधानिक सत्तालाई कमजोर बनाएर देशमा अस्थिरता ल्याई आफ्नो अनुकूल लाभ लिने योजनाअनुसार नै केपी ओली नेतृत्वको सरकार ढालिएको उहाँको तर्क थियो ।’
उहाँले राज्यका सबै निकायले सन्तुलनमा रही काम गर्न नसक्दा देश अस्थिर हुँदै गएको बताउनुभयो । ‘राष्ट्रको सही गन्तव्यका लागि सबै निकाय सन्तुलित हुनुपर्छ, तर नेपालमा त्यो अवस्था बनेको छैन,’ उहाँले भन्नुभयो । महासचिव पोखरेलले माओवादी देशको लागि सधैँ समस्या भएर उभिएको बताउनुभयो । ‘माओवादी समाधान होइन, यो देशको समस्या हो । जेन्जी आन्दोलनमा पनि माओवादीले आफ्नो हिस्सा माग्यो, भदौ २३ र २४ का घटनामा आफ्ना पुराना लडाकुहरू प्रयोग गर्न लागि प¥यो ।’ उहाँले देशलाई स्थायित्व र विकासको मार्गमा लैजान कम्युनिष्ट आन्दोलन र समाजवादकै मार्ग उपयुक्त रहेको बताउनुभयो । ‘देशलाई सही मार्गमा फर्काउन प्रतिनिधि सभा पुनःस्थापना भएको औलाउनुभयो ।
