धूलिखेलमा एमाले नगर कमिटीले आयोजना गरेको प्रतिगमनविरुद्धको जागरण अभियान, बृहत् मोटरसाइकल ¥याली र कोण सभाले फेरि एकपटक साबित गरिदिएको छ । धूलिखेलमा, नेकपा एमाले धुलिखेल नगर कमिटीले आयोजना गरेको प्रतिगमनविरुद्धको जागरण अभियान, बृहत् मोटरसाइकल ¥याली र कोण सभा सम्पन्न गरेको छ ।
धूलिखेल नेकपा एमाले धुलिखेल नगर कमिटीले आयोजना गरेको प्रतिगमनविरुद्धको जागरण अभियान, बृहत् मोटरसाइकल ¥याली र कोण सभा एमाले काभ्रे सह इन्चार्ज रेशम लामाको प्रमुख आतिथ्यतासम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले जेन–जी आन्दोलनका नाममा अराजकतत्वको भिडले राष्ट्रिय सम्पदा ध्वस्त गरेको यस्ता तत्वहरुले देशलाई सिद्धाउने हँुदा जनताहरुले बिकास र समृद्धिको सम्वहाक एमालेलाई एकल वहुमत दिनुपर्ने धारणा राख्नुभयो । अबको निकास संसद पूर्णस्थापना भएको उहाँको तर्क थियो । एमाले काभ्रे अध्यक्ष राजन भुर्तेल, एमाले नेता द्वय अशोक ब्यान्जु चन्द्र लामा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सभापतितब नगर कमिटी अध्यक्ष बिस्णु धितालले गर्नुभएको थियोे ।
