श्रीजन–जागृति तरकारी तथा फलफूल सहकारी संस्था लि. धुलिखेल –३ को २६ औ साधारणसभा संस्थाका अध्यक्ष पृथ्वीमान तामाङको सभापतित्वमा शनिबार सम्पन्न भएको छ । सचिव नानिराम धितालले प्रगति तथा भाबी कार्ययोजना, कोषाध्यक्ष प्रेमकृष्ण सुवालले आ.व. ०८१÷०८२ को लेखापरिक्षण प्रतिवेदन र आगामी वर्षको बजेट प्रस्तुत गर्नुभयो । कार्यक्रममा लेखा–सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सदस्य केशव प्रसाद बडालले प्रस्तुत गर्नुभयो । २,९६५ शेयर सदस्य रहेको संस्थाको शेयर पुजी २ करोड ३ लाख ५३ हजार ६००, जगेडा कोष १ करोड ७६ लाख ९८ हजार ५८६, वासलात २३ करोड १९ लाख ६४ हजार ४९६ रहेको संस्थाका प्रबन्धक श्याम कुमार रानाले बताउनुभयो । शेयर सदस्यहरुलाई संस्थाले ११.५ प्रतिशतले लाभांश दिने भएको बताईएको छ । साधारणसभाबाट नमराज पराजुली अध्यक्ष, नानीराम धिताल उपाध्यक्ष, प्रेम कृष्ण सुवाल सचिब, बिमला रानाभाट कोषाअध्यक्ष, चिनीमाया तामाङ लोप्चन, विष्णुहरी पौडेल, विनोद केसी, नवप्रसाद कुइकेल, गिता लामा सहित ९ सदस्य संचालक समिति र पृथ्वीमान तामाङ को सयोजकमा लेखासुपरिबेक्षन समितिमा केसब प्रसाद बडाल र गङगा सिग्देल सदस्य निर्वाचित हुनुभएको छ ।
