IMG-LOGO

दुर्गा प्रसाईको पनि दल दर्ता

 मंगल, मंसिर ३, २०८२  --

      दुर्गा प्रसाईं नेतृत्वको अभियानले निर्वाचन आयोगमा दल दर्ता गराउँदै आफ्नो औपचारिक राजनीतिक यात्रा सुरु गरेको छ । प्रसाईंका स्वकीय सचिवका रूपमा काम गरेका माधव कल्पितलाई सभापति बनाइएको छ । कल्पितसहित टोली आइतबार बिहान आयोग पुगेको थियो र सबै सदस्यले सनाखत प्रक्रिया पूरा गरे ।

      कल्पितले आफू सभापति भए पनि दलको मुख्य राजनीतिक व्यक्ति प्रसाईं नै रहने बताएका छन् । मंसिर ७ देखि देशव्यापी आन्दोलन घोषणा गरिसकेको प्रसाईं समूह आन्दोलन र चुनाव दुवै तयारी अघि बढाउने योजना बनाइरहेको छ । सरकार पनि उनीहरूको २७ बुँदे मागबारे वार्ताका लागि बातचीतमा प्रवेश गरिसकेको छ ।

      पार्टीको संरचना पनि सार्वजनिक गरिएको छ । उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन् । महामन्त्रीमा प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्रीमा विष्णु बोहरा क्षेत्री र कोषाध्यक्षमा सुष्मा रेग्मी रिजाल छन् । प्रवक्ताको जिम्मेवारी प्रेम थापा मगरले पाएका छन् । अन्य २१ सदस्य सहित नेतृत्व टिमले अब निर्वाचन लक्षित अभियान सुरु गर्ने बताइएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्