इनोभेटीभ एकेडमी बनेपाको शैक्षिक प्रदर्शनी कार्यक्रम विद्यार्थीहरुले अध्ययन गरेका विषयहरुको अभ्यास, सीप क्षमता सहित कलाकौशल समेत प्रदर्शन गरेका छ्न कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य, बनेपा–८ को अध्यक्ष शुभलक्ष्मी मानन्धर लगायतको आतिथ्यता रहेको थियो । विद्यालयका अध्यक्ष डाक्टर केबि मानन्धरले विद्यालयले विद्यार्थीहरुले अध्ययन गरेका विषयहरुको ब्यवहारमा उतार्न निक्कै राम्रो मेहनत गरेको बताउनु भयो । विद्यालयको प्राचार्य पुनम श्रेष्ठले विद्यालयले हरेक वर्ष शैक्षिक प्रदर्शनी गरेको जानकारी दिनुभयो । विद्यार्थीहरुले आफुले अध्ययन गरेका सवालमा विभिन्न ४४ वटा स्टल राखेका थिए । सामाजिक, अंग्रेजी, विज्ञान र गणित विषयका स्टलहरु राखिएको कुरा शिक्षक यसोदा तिमल्सिनाले बताउनुभयो । शिक्षक निर्मला श्रेष्ठले विद्यार्थीहरुले शैक्षिक प्रदर्शनीबाट किताबी ज्ञान मात्र नभइ सामाजिक, धार्मिक सांस्कृतिक परम्पराको जानकारी लिनुका साथै कक्षा कोठामा शिक्षकहरुबाट शिकेका विषय बस्तुहरुको सिप सिकाई अनुभव आदान प्रदान भएको बताउनुभयो ।
