नेपालबाट प्रकाशित हुने कलेज रिडर म्यागेजिन र युनिभर्सिटी अफ नचभभल धष्कज सहकार्यमा २०२५ मा शिक्षा क्षेत्रमा बालबालिकाहरूको सर्वाङ्गीण सिकाइका लागि निरन्तर रुपमा संलग्नता र सफलता हासिल गरेका विद्यालयहरुलाई विभिन्न सूचकहरूको आधारमा मूल्याङ्कन गरी काभ्रे जिल्लाबाट २०२५ का लागि समूहगत रुपमा व्यावसायिक शिक्षकहरूद्वारा शिक्षण गर्ने शैक्षिक संस्थाको रुपमा एभिएम कलेज परेको छ ।
यही अक्टोबर १३ र १४ मा बेलायतको राजधानी लन्डनमा रहेको युनिभर्सिटी अफ ग्रीनविजले बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा युनिभर्सिटी प्राङ्गणमा भव्यरुपमा कलेजका प्रतिनिधि भाइस प्रिन्सिपल ललिता बन्जारालाई उक्त एजुकेसन अवार्ड प्रदान भएको हो ।
उक्त कार्यक्रममा नेपालभरिबाट उच्च शिक्षा प्रदान गर्ने ८७ वटा संस्थाहरूको सहभागिता रहेको थियो । गत वर्ष पनि एबिएम कलेजले अस्ट्रेलियाको राजधानी क्यानबेरामा अबलखभचब गलष्खभचकष्तथ को प्राङ्गणमा विद्यार्थीहरूको सिकाइलाई उपलब्धि मूलक बनाउन समूहगतरूपमा निरन्तर सिकाइलाई ख्यातिमूलक बनाउन गरेको सम्मान स्वरूप २०२४ मा सम्मान गरिएको थियो । भने यस वर्ष बेलायतको राजधानी लन्डनमा रहेको युनिभर्सिटी अफ ग्रीनविचबाट उच्च माध्यमिक शिक्षामा सर्वपक्ष गुणस्तरीय र व्यावहारिक शिक्षामा आबद्धता र निरन्तरता सहित यो अवार्ड प्राप्त गरेको कुरा विद्यालयका संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले बताउनुभयो ।
