IMG-LOGO

एकता साकोसको आम्दानी ३ करोड ९ लाख

 मंगल, असोज २८, २०८२  --

बनेपा, एकता बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–८ को १८ औं साधारण सभा संस्थाका अध्यक्ष स्वयमकाजी पोटेको सभापतित्वमा सम्पन्न भयो । संस्थाकी उपाध्यक्ष यशोदा पोटेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव शर्मिला प्रधानले प्रगति तथा भावि कार्ययोजना, कोषाध्यक्ष विष्णु ओम पोटेले आ.व. २०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समिति संयोजक चिनीकाजी श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । २ हजार ९ सय ५८ शेयर सदस्यबाट १ करोड ९६ लाख ७४ हजार २०० शेयर पूँजी संकलन, १२ करोड ४ लाख ६५ हजार ९६ ऋण लगानी, ११ करोड ८ हजार ७ सय ७५ ऋण असु्ली गरेको छ । २३ करोड ८४ लाख ६० हजार ३ सय ८२ बचत निक्षेप संकलन गरेको संस्थाले जनाएको छ । लगानीबाट ३ करोड ९ लाख १४ हजार ५२ कुल आम्दानी गर्न सकेको छ । संस्थाको जगेडा कोष ३४ लाख ६ हजार ८ सय ३४ र अन्य कोष १२ लाख २९ हजार ६ सय ३४ रहेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्