काठमाडौँ । बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपाः स्टुडियो’ का लागि नेपाल सरकारले ३ करोड रुपैयाँको अनुदान बजेट प्रदान गर्ने भएको छ । शुक्रबार सूचना तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डबीच सम्झौता हस्ताक्षर र पत्र आदान प्रदान कार्यक्रम औपचारिकरूपमा सम्पन्न भएको हो । कार्यक्रममा मन्त्रालयका कर्मचारीहरुसहित बोर्डका अधिकृतद्वय प्रभाकर भट्टराई र गिरिश शर्मा पनि उपस्थित रहनुभएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिनुभयो ।
