बनेपा –१० जनागालमा स्थापना भएको सयपत्री प्रतिष्ठान नेपालले सस्थापक अध्यक्ष स्व.कृष्णकुमार केसीको नवौं वार्षिक पुन्यतिथिको अवसरमा मंगलबार पनौती ५ स्थित बिन्ध्यवासिनी अध्यात्मिक प्रतिष्ठान द्वारा संचालित श्री महर्षी मुदगल सान्दिपनी गुरुकुललाई आर्थिक सहयोग गरेर स्मृति सभा सप्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्व भएको कार्यक्रममा प्रमुख अतिथी वरिष्ठ साहित्यकार एवं प्रतिष्ठानका सल्लाहकार मोहन दुवालले रु.२० हजार सहयोग हस्तान्तरण गर्दै सयपत्री प्रतिष्ठान र स्व. केसीको योगदानको चर्चा गर्नु भएको थियो ।
सस्थाका उपाध्यक्ष प्रधुम्न न्यौपाने, सचिव राम्सुन्दर देउजा, बिन्ध्यवासिनी अध्यात्मिक प्रतिष्ठानका उपाध्यक्ष शिवप्रसाद तिमल्सिना, गुरुकुलका बिक्रमाचार्य लगायतले बोल्नु भएको उक्त कार्यक्रममा गुरुकुलका शिष्यहरुलाइ टीका लगाइ दक्षिणा समेत दिइएको थियो भने जनमत साहित्यिक मासिककी सम्पादक भारती श्रेष्ठले जनमतबाट प्रकाशित पुस्तकहरू गुरुकुललाई प्रदान गर्नु भएको थियो ।
