IMG-LOGO

विश्व पर्यटन दिवसमा योगदान गर्नेलाई सम्मान

 मंगल, असोज २१, २०८२  --

धुलिखेल नगरपालिकाले विश्व पर्यटन दिवसको अवसर पारेर पर्यटन परिषद् घोषणा, होटलहरु लगायतको पर्यटकीय क्षेत्रमा कार्यरत श्रमिकहरुको सम्मान तथा पर्यटन क्षेत्रसंग सम्बन्धित विशेषज्ञहरुसंग अन्तरक्रिया कार्यकम समपन्न गरेको छ ।

लामो समय होटल तथा पर्यटन क्षेत्रमा योगदान दिएका श्रमिकहरुलाई सम्मान गरिएको छ । क्षेत्रीय होटल संघ धुलिखेल, युवा उद्यमी मञ्च, महिला उद्यमी संघ नेपाल काभ्रेपलाञ्चोक लगायतका संस्थाको सहकार्यमा धुलिखेल नगरपालिकाले विश्व पर्यटन दिवसका सन्दर्भमा गरेको अन्तरक्रिया तथा श्रम सम्मान कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा होटल क्षेत्रमा ४६ वर्ष देखि कार्यरत ७८ बर्षीय सेफ विष्णु खत्री, होटल हिमालयन होराईजनमा ३३ वर्ष देखि कार्यरत थमनाथ ढुंगाना, धुलिखेल लज रिसोर्टमा २१ वर्ष देखि कार्यरत राजेन्द्र रिमाल, होटल द्वारिकाजमा १९ वर्ष देखि कार्यरत आशा शाही, धुलिखेल माउन्टेन रिसोर्टमा १५ वर्ष देखि कार्यरत कुमारी पुरी, होटल माउन्ट प्रिन्सेसमा १० वर्ष देखि कार्यरत गिताकुमारी स्याङतान र होटल सारथीमा ७ वर्ष देखि कार्यरत इन्दिरा सिलवाललाई सम्मान गरेको छ ।

धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, धुलिखेल पर्यटन परिषद्का कार्यकारी उपाध्यक्ष प्रेमकण्ठ माकजु, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्