IMG-LOGO

प्रेस सेन्टर काभ्रेको शुभकामना आदान प्रदान

 मंगल, असोज २१, २०८२  --

 

प्रेस सेन्टर काभ्रेले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । शनिबार बनेपामा संचारकर्मी, राजनीतिक दल प्रतिनिधिसँग प्रेस सेन्टर काभ्रेले शुभकामना आदानप्रदान गरेको हो ।

प्रेस सेन्टर काभे्रका अध्यक्ष रामप्रसाद ढकालको सभापतित्वमा भएको कार्यक्रममा पूर्व मन्त्री सुर्यमान दोङ, प्रदेश सभाका सांसद रत्न ढकाल, रुकु चौलगाई, खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङ, तेमाल गाउँपालिकाको उपाध्यक्ष डिएम लामा, नेकपा माओवादी केन्द्र काभ्रेका संयोजक भोला अर्याल, नेकपा एस काभ्रेका अध्यक्ष बसुन्धरा हुँमागाई नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी काभ्रेका अध्यक्ष केदार तिमल्सिना, फोनिज काभे्रका अध्यक्ष ईन्द्रबहादुर थापाको आतिथ्यता रहेको थियो ।

प्रेस सेन्टर काभ्रेका उपाध्यक्ष सुरज श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण सचिव हरिहर घिमिरेले गर्नुभएको थियो । शुभकामना मन्तव्य राख्ने बक्ताहरुले युवा पिढी जेनजी आन्दोलनको राप ताप त्यसको प्रभाव आगामी कार्य दिशाका सवालमा राजनीतिक दलहरु स्पष्ट हुनुपर्ने धारणा राखेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्