श्री भोंमी बहुउद्देश्यीय सहकारी संस्था लि को २७ औं साधारण सभा अध्यक्ष हरि बहादुर श्रेष्ठकोे सभापतित्वमा सम्पन्न भएको छ । संस्थाका बाल सदस्य शिरपा भोछिभोया र श्रीयासा श्रेष्ठ बाट पानसमा बत्ति बाली कार्यक्रम उद्धाटन गरेको थियो । उक्त कार्यक्रममा उपाध्यक्ष गणेश नारायण जोशीले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव कान्छा कुमार श्रेष्ठद्वारा सचिवको प्रगति प्रतिबेदन, कोषाध्यक्ष कैलाश श्रेष्ठद्वारा आर्थिक प्रगति प्रतिबेदन, लेखा सुपरिवेक्षण समिति संयोजक सुन्दर प्रसाद कारंजितद्वारा लेखा समितिको प्रतिवेदन,महिला उपसमितिका संयोजक मिनु रंजितद्वारा महिला उपसमिति प्रतिवेदन र बाल उपसमितिको संयोजक अन्जना जस्पाउ श्रेष्ठले बाल उपसमिति प्रतिबेदन प्रस्तुत गर्नुभयो । संस्थाका निवर्तमान अध्यक्ष हरि शरण श्रेष्ठ, पुर्व अध्यक्ष सत्य नारायण भालु तथा मोहन कृष्ण श्रेष्ठ र सल्लाहकार ओमकाजी प्रजापति द्वारा शुभकामना मन्तव्य दिनुभयो । संस्थाको शेयर पुँजी १४,९७०,३००÷–,बचत निक्षेप १६४,८५२,१५८÷–, ऋण लगानी १४१,०११,३४८÷–, कुल आम्दानी २१,०६०,५०८÷– रहेको संस्थाले जनाएको छ भने संस्थाले सदस्यहरुलाई १०% लाभांश बितरण गर्ने कुरा संस्थाकी प्रबन्धक सुनेना शाक्यले जानकारी दिनुभयो ।
