IMG-LOGO

जनचेतना युवा समुहको सहयोग मानव कल्याण समाजलाई

 मंगल, असोज २१, २०८२  --

 

श्री जन चेतना युवा समुह धुलिखेल–८ बडालगाउँले मानव कल्याण समाजलाई खाद्य समाग्री र लत्ताकपडा वितरण गरेको छ । संस्थाका प्रतिनिधि मण्डलले मानव कल्याण समाज काभ्रे संखुमा रहेका अशक्त असाहय जेष्ठ नागरिकहरुलाई खाद्य समाग्री र लत्ताकपडा वितरण गरेको छ । संस्थाका अध्यक्ष रमेशप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष उद्दबप्रसाद बडालले खाद्य समस्ग्री, मानव समाज कल्याणका प्रतिनिधि सुरेश हुमागाइलाई हस्तान्तरण गर्नुभयो । जन चेतना युवा समुहले बिगत २८ वर्ष देखि जागरण अभियान, समाजिक क्रियाकलाब निम्न वर्गीयका छोरा छोरीहरूलाई छात्रवृत्ति प्रदान गर्दैबाएको कुरा संस्थाका उपाध्यक्ष रमेश बडालले बतसुनुभयो । संस्थाका सचिव नबराज बडाल सदस्यहरु बिष्णुबहादुर भुजेल, पार्वती केसी आजीवन सदस्य सुरेश बडालको सहभागीता रहेकोे थियो । संस्थाकी सदस्य संगिता चौलागाईंले लत्ताकपडा संकलनमा सहायता पु¥याउनु भएको थियो । मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंका अनुसार संस्थामा ५० जना अशाहय, जेष्ठ नागरिकहरुलाई सहयोगी हातबाट नै भरण पोसण गर्दै आएको बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्