अविरल वर्षा सँगसँगै आएको चट्याङको के कारण पनौती ३ तेलमाले स्थित राजु सापकोटाको घरमा आगलागी भै पूर्ण रुपमा क्षति भएको छ । घरमा भएको सुन चाँदी लत्ता कपडा अन्नपात लगाएत सबै नष्ट भई ठूलो मात्रामा धनजनको क्षती भएको हो । स्थानीयका अनुसार राजु सापकोटा एक निम्न वर्गीय परिवारका हुन् । उनको घरमा श्रीमती एक छोरा र एक छोरी छन् । सामान्य किसान मजदूरी गर्दै आएका सापकोटा लाई २०७२ सालको भूकम्पमा पनि सोही स्थानमा भएको घर पूर्ण रुपमा ध्वस्त भई ज्याला मजदूरी गरेर पुर्ननिर्माण गरेका थिए । पोहोर सालको बाढी पहिरोमा पनि घर पछाडी र अगाडी दुवै तर्फ बाट पहिरो गएर ६ महिना डेरामा बसी पहिरो हटाएर जेनतेन सोही घरमा निर्वाह गर्दै आएका थिए । पटक पटकको महामारी झेल्दै आएका राजुको घर हिजोबाट चट्याङले पूर्ण रुपमा ध्वस्त पारेको छ ।
