IMG-LOGO

कांग्रेस, एमाले र माओवादी केन्द्रले संविधान दिवस मनाए

 मंगल, असोज ७, २०८२  --

नेपाली कांग्रेस, काभ्रे, नेकपा एमाले काभ्रे र नेकपा माओवादी केन्द्र समरर्थीत अनेरास्ववियू अखिल क्रान्तिकारी काभ्रे विद्यार्थी संगठनका नेताहरुको २०७२ असोज ३ गते जारी संविधानको रक्षा गरी देशेको समृद्धि र बिकास गर्न सबै एकजुट भइ लाग्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका नेताहरूले संविधान रक्षाको जिम्मेवारी कांग्रेसकै काँधमा आएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले जेन्जी आन्दोलनको क्रममा आगजनी गरिएको बनेपास्थित कार्यालयमा नै आयोजना गरेको कार्यक्रममा नेताहरुले संविधानमाथि धावा बोलिएको भन्दै त्यसलाई जोगाउन अन्य राजनीतिक दलहरूसँग मिलेर कांग्रेसले नै नेतृत्व गर्नुपर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान माथि आक्रमण भएको बताए । केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले संविधान संशोधन गरी परीमार्जन गर्न सकिने हुन्छ । तर ध्वस्त हुन नसक्ने तर्क गरे । सभापति तीर्थ लामाको सभापतित्वमा भएको कार्यक्रममा अग्रज नेता इन्द्रमणी अधिकारी, नेपाली कांग्रेस काभ्रेका उपसभापति ठाकुरप्रसाद न्यौपाने, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा क्षेत्र नं २ (क) का सभापति हेम लामा, प्रदेश सभा क्षेत्र नं १ (क) का सभापति राम योञ्जन मन्तव्य राखेका थिए ।

त्यसैगरी नेकपा एमाले काभ्रेले पनि संविधान दिवस मनाएको छ । नेकपा एमालेका पोलिटयूरो सदस्य गोकुल बास्कोटाले जेन–जीको आन्दोलनका क्रममा केहि अराजकको भिडले राष्ट्रिय सम्पती संरचना र राजनीति कर्मीको घर ध्वस्त गरी अराजगता मच्याएको बताउनुभयो । नेकपा एमाले युवा बयस्क जेष्ठ सबैलाई मिलाएर पार्टीको पुनर संरचना गरी देशको विकास र समृद्धिमा होमिने जनाउनुभयो । नेकपा एमाले काभ्रे अध्यक्ष राजन भुर्तेल, संविधान सभा सदस्य एवं एमाले नेता रामहरी, सुवदी जिल्लातहका नेता कार्यकर्ताहरुको कार्यक्रममा सहभागीता रहेको थियो । वाइसियल र अनेरास्ववियु क्रान्तिकारी काभ्रेले संविधान दिवसमा बनेपाको चारदोबाटोमा दिप प्रज्वलन गरी मनाएको छ । माओवादी केन्द्रका नेता सूर्यमान दोङ्ग जिल्ला नेता भोला अर्याल र विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्