पंतनजलि योग समिति काभ्रेको काभ्रे उद्योग वाणिज्य संघ योग साधना काभ्रेको सातौं वार्षिक उत्सवको पंतजलि योग समिति वागमती प्रदेश प्रमुख ग्रुवेन तौजलेले उद्घाटन गर्नुभयो । उक्त अवसरमा सो काभ्रेबाट प्रमुख अतिथी तौजलेलाई दोसला ओढाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो । सो काभ्रेका संयोजक केशव बञ्जाराको समापतित्वमा भएको कार्यक्रममा बनेपा न.पा. वडा नं. १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का पंतजलि योग समिति वागमती प्रदेश सल्लाहकार सरिता शाक्य सदस्य दमनकुमार श्रेष्ठ पंतजलि योग समिति काभ्रेका अध्यक्ष प्रकास कायष्ठ, महिला अध्यक्ष इन्दिरा तौजले, पूर्व अध्यक्ष रमेश श्रेष्ठ लगायतका व्यक्तिले मन्तव्य राख्नुभएको उक्त समारोहमा काभ्रेको चण्डेश्वरी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति समेत पुनरगठन गरिएको संचार प्रभारी मिलनभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
