जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेपा इलाका प्रहरी कार्यालयलाई क्यान काभ्रेद्वारा फोटोकपी प्रिन्टर सहयोग गरेका छन् । जेन–जेड आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त बनेको बनेपा स्थित इलाका प्रहरी कार्यालयलाई कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ काभ्रे शाखाले फोटोकपी प्रिन्टर सहयोग गरेको छ । सुरक्षा र जनसाधारणको सचेतनासँग प्रत्यक्ष सम्बन्धित यस महत्वपूर्ण कार्यालयलाई सहज सेवा प्रवाह गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले १ थान फोटोकपी र स्क्यान सहितको प्रिन्टर उपलब्ध गराइएको क्यान काभ्रेका अध्यक्ष देवकी आचार्य दुलालले जानकारी दिनुभयो ।
उक्त प्रिन्टर बनेपाका प्रमुख डिएसपी रामेश्वर ट्वाटीलाई प्रदान गरिएको हो। एक आपसलाई सहयोग गर्नु सबैको कर्तव्य हुने भन्दै आगामी दिनमा पनि यस्ता सहकार्य गर्ने प्रतिबद्धता क्यान काभ्रेको तर्फबाट व्यक्त गरिएको छ । सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै प्रहरी प्रमुखले आन्दोलनका क्रममा कार्यालयको भौतिक संरचना, सवारीसाधन, लत्ताकपडा तथा अन्य सामग्रीमा क्षति पुगेको उल्लेख गर्नुभयो ।
जिल्ला ट्राफिक कार्यालयलाई टिम विविसीको सहयोग
प्रहरीको पुनःस्थापनामा मद्धत गर्नु हाम्रो पहिलो कर्तव्य र प्राथमिकता हो,आआफ्नो ठाँउबाट जुटौ ! भन्ने अभियानमा बनेपा ब्वाज क्लब टिम विविसी अग्र पंक्तिमा रह्यो । भाद्र २४ गते तोड़फÞोग र आगजनीले क्षती भएको जिल्ला ट्राफिक कार्यालयको लागी माग भए बामोजÞिम आवश्यक सामग्री हस्तान्तरण गरीएको छ । १८० ली इीक्ष्ख्भ् फ्रीज १ थान, म्ज्क्ष् वाटर डिस्पेंसर १ थान, द्यब्ीत्च्ब् ग्यास चूल्हों १ थान, क्बलनय स्टायंड फÞ्यान १ थान र भ्भिअतचष्अ कीटली १ थान गरी बनेपा ब्वाज क्लब (टिम बिबिसी) का अध्यक्ष महेशकुमार कर्माचार्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो । टिम बिबिसीका पदाधिकारी र स्थानीयहरुको सहभागीता रहेको थियो । उक्त क्लबले कोभिड–१९, प्राकृतिक विपतीमा समेत नागरिकहरुलाई सहयोग पु¥याउँदै आएको छ ।
