बनेपा, चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको ३३ औं साधारण सभा संस्थाका पूर्व उपाध्यक्ष एवं बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादेको प्रमुख आतिथ्यतामा शनिबार बनेपा पार्टी भन्यूमा सम्पन्न भयो । संस्थाका उपाध्यक्ष रमेश श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा संस्थाका अध्यक्ष नबिन भक्त बादेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव बुद्धरत्न मानन्धरले आ.व. ०८१÷०८२ को प्रगति प्रतिवेदन तथा आ.व. ०८२÷०८३ को कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष गणेशकुमार रञ्जीतले आ.व. ०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो । लेखासुपरीवेक्षण समिति संयोजक रामप्रसाद श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । पुरुष सदस्य ५ हजार १ सय ६, महिला ५ हजार ८ सय ३५, अन्य ३२ गरी १० हजार ९ सय ७३ शेयर सदस्यबाट ८९ करोड ८६ लाख ८४ हजार ५२ रहेको कुरा कार्यालय प्रमुख रविन्द्र पोटेले बताउनुभयो । १ अर्ब ५१ करोड ४९ लाख ९२ हजार ६ सय ४७ जाय जेथा एवं सम्पती रहेको छ । बचत निक्षेप १ अर्ब १६ करोड १६ लाख ४७ हजार २ सय ८, ८९ करोड ८६ लाख ८४ हजार ५२ ऋण लगानी, १४ करोड ३६ लाख ८९ हजार ८ सय ६९ आम्दानी, १० करोड ९७ लाख ४८ हजार ५ सय ९७ खर्च गरी ३ करोड ३९ लाख ४१ हजार २ सय ७२ खुद नाफा कमाउन सफल भएको संस्थाले जनाएको छ । जेष्ठ सदस्य सम्मान, खुल्ला रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, जेष्ठ सदस्य तिर्थाटन कार्यक्रम, सामुदायिक विद्यालय छात्रवृति, आरध्यदेवी चण्डेश्वरी मन्दिर जात्रा पर्वमा खानेपानी वितरण, सामुदायमा सरसफाइ कार्यक्रम, योगदानमा आधारित सदस्य सुरक्षा कार्यक्रमबाट १ हजार ५ सय ४९ जना शेयर सदस्यलाई आर्थिक सुरक्षा रकमबाट लभान्वित भएको कुरा संस्थाका बिभागीय प्रमुख रमेश श्रेष्ठले जानकारी दिनुभयो । संस्थाका सदस्यहरुलाई सदस्य सुरक्षा राहत देखि, सदस्यलाई उद्यमी व्यवसायी बनाउने कार्य गर्दै आएको छ । संस्थाका सल्लाहकार बालभक्त प्रधान, विकास वादे र इन्द्रनारायण भैल र शेयर सदस्यहरुको कार्यक्रममा सहभागीता रहेको थियो । संस्थाले शेयर सदस्यलाई १० प्रतिशत लाभंश वितरण गर्नेभएको छ ।
