उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि. को २२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सचिव दियेशरत्न शाक्यले सचिवको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । १ हजार ७ सय ९१ जना शेयर सदस्य रहेको संस्थाले विविध कार्यक्रमहरु गर्दै आइरहेको छ । कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले आर्थिक प्रतिवेदन र संयोजक शान्तिराज कायस्थले लेखा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । ६ करोड ६९ लाख ९२ हजार शेयर पुँजी, ८४ करोड ९ लाख ३१ हजार ५ सय ६७ कुल बचत, १० करोड ३ लाख ९३ हजार २ सय ८८ कुल आम्दानी गर्न सफल भएको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्यहरु, सल्लाहकारहरु लगाएत शेयर सदस्यहरु सहभागी रहेको प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाले जानकारी दिनुभयो । संस्थाले शेयर सदस्यलाई ८ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।
