काभ्रे टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने सहकारी पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित हुनुभएको छ । विगत २७ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा कार्य गर्दै आउनु भएका कार्यकारी सम्पादक न्यौपानेलाई जिल्ला सहकारी संघ काभ्रेको ५८ औं स्थापना दिवश तथा ४४ औं वार्षिक साधारण सभाको अवसरमा संघका अध्यक्ष अमन पोटे श्रेष्ठले दोसल्ला ओढाइ नगत १० हजार सहित पुरस्कृत गर्नुभएको हो । वहाँलाई सहकारी अभियानको वृद्धि विकास सहयोग र संचार माध्यामबाट सचेतना पैmलाउने भूमिका खेलेकोमा सम्मान गरिएको हो । यस अघि न्यौपानेले पत्रिकाका तात्कालिन प्रधानसम्पादक स्व. भरतराज पत्रकारिता पुरस्कार, शुलभ साकोस बनेपाले सहकारी पत्रकारिता सम्मान, विनायक बाल आधारभूत विद्यालयबाट शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिसकेको छ । विभिन्न सामाजिक संघ संस्थाबाट गरी १ दर्जन जतिबाट न्यौपाने सम्मानित भइ पुरस्कृत हुनुभएको छ । जिल्ला संघले हरेक वर्ष सहकारी र संचार कर्ममा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्दै आएको कुरा संघका कोषाध्यक्ष अर्जुन सापकोटाले बताउनुभयो । यस अघि जिल्ला संघबाट सहकारी पत्रकार समाजका संस्थापक यादव हुमागाइ र काभ्रे प्रेसका सञ्चालक अरविन्द्र गौतम सम्मानित हुनुभएको थियो
