श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह ‘ए’ उपविजेता बनेको नेपालले फाइनल प्रवेशका लागि समूह ‘बी’ को विजेता भारतसँग प्रतिस्पर्धा गर्ने भएको हो । भारतले हिजो भएको समूहको तेस्रो खेलमा पाकिस्तानमाथि ३–२ को जित निकाल्यो । भारतले लगातार तेस्रो खेलमा जित हात पारेको हो । यसअघि लगातार दुई खेलम जित निकालेको पाकिस्तान उपविजेता बन्यो । भारत र नेपालबीचको खेल बिहीबार सवा तीन बजे कोलम्बोमा हुनेछ । अर्को सेमिफाइनलमा सोहि दिन पाकिस्तान र बंगलादेश भिड्नेछन् । यसअघि समूह चरणमा नेपालले बंगलदेशसँग ४–० को हार ब्यहोर्दा श्रीलंकालाई २–० गोलले हराएको थियो । बंगलादेशले भने नेपाल र श्रीलंका दुवैलाई ४–० गोलले पराजित गरेको थियो ।
