IMG-LOGO

जिल्ला सहकारी संघले प्राधिकरणको नयाँ मापदण्ड अनुसार साधारण सभा ग¥यो

 मंगल, असोज ७, २०८२  --

 

बनेपा । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले ५८ औं स्थापना दिवस तथा ४४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच साधारण सभा संघका अध्यक्ष अमन पोटे श्रेष्ठले उद्घाटन गर्नुभयो । जिल्ला सहकारी संघले सहकारी प्राधिकरणको नयाँ मापदण्ड अनुसार साधारण सभा सम्पन्न गरेको हो ।

यसले जिल्लाभरका स्थानीय तहहरुमा संचालित सहकारीहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै सहकारी क्षेत्रको वृद्धि बिकासमा सहजिकरणका लागि प्रारम्भिक सहकारी र संघबीचको मार्ग दुरीलाई कम गरि आपसमा सुशासन, मर्यादित र व्यवस्थित सहकारी विकासको अभियानलाई गन्तव्यमा संघको भूमिकालाई पारदर्शी र व्यवस्थित बनाउने ध्येयका साथ पाँचखाल, भकुण्डे र पनौतीमा सेवाकेन्द्र संचालन गरेको जिल्ला अध्यक्ष पोटेले बताउनुभयो ।

आ.व. ०८१÷०८२ आर्थिक वर्षका लागि १ अर्ब ४१ करोड ६९ लाख १ हजार ९ सय ४२ रुपैंयाँ कारोबार गरि २ करोड ६ लाख ९८ हजार ८८२ नाफा गर्ने लक्ष्य लिइएको छ । संघमा हालसम्म काभ्रेका १३ वटै पालिकाबाट ५९४ वटा सहकारी संस्थाहरु आबद्ध रहेको संघका सचिव प्रकाश बञ्जाराले जानकारी दिनुभयो । संघका कोषाध्यक्ष अर्जुन सापकोटाले लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । ३ करोड ५३ लाख ५९ हजार १ सय शेयर पूंजी संकलन, ६ अर्ब १३ करोड ६३ लाख ९१ हजार ३ सय ७४ बचत संकलन, ५१ करोड २४ लाख ३७ हजार ऋण लगानी, ५४ करोड ७५ हजार ३ सय ५३ ऋण असुली गरी ६३ करोड ८ लाख ७० हजार १ सय ९५ ऋण लगानीमा रहेको जनाएको छ । लगानीबाट ९ करोड ९४ लाख १३ हजार २ सय ८५ आम्दानी गरी १ करोड १४ लाख ६७ हजार ४ सय ३० खुद मुनाफा कमाउन सफल भएको कुरा संघका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले बताउनुभयो ।

सहकारी कर्मी, संचारकर्मी र कर्मचारीलाई सम्मान

यसैबीच जिल्ला सहकारी संघले आफ्नो वार्षिक कार्यक्रमअनुसार जिल्लामा सहकारी क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । यसैक्रममा संघले यस वर्ष काभ्रे टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक तथा रेडियो एविसीका अध्यक्ष समेत रहेका पत्रकार रमेशप्रसाद न्यौपानेलाई सहरकारी पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरेको हो । उहाँले विगत २७ वर्षदेखि पत्रकारितामार्फत सूचना प्रवाह गर्दै योगदान दिएको भन्दै संघले नगद १० हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेको छ ।

जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलान्चोकको ४४ औं वार्षिक साधारणसभा तथा ५८ औं स्थापना दिवस को अवसरमा सहकारी उत्कृष्ट व्यवसायी पुरस्कार आत्म निर्भर बहुउद्देश्य सहकारी सन्था पाँचखाल–१० वेला, सहकारी पत्रकारिता पुरस्कार रमेश प्रसाद न्यौपाने र उत्कृष्ट कर्मचारी पुरस्कार नवदुर्गा साकोसका दीपक तिमल्सिनालाई प्रदान गरियो । संघकी उपाध्यक्ष शान्ति लामा तामाङले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा लेखा संयोजक डिल्लीप्रसाद आचार्य लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । उक्त सभाले ज्योति मिर्मिरे सामुहिक साकोसकी उपाध्यक्ष कान्छी मैंया कार्की थापालाई जिल्ला बचत संघको रिक्त रहेको लेखा समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद न्यौपाने, पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, संघका पूर्व अध्यक्ष बिनोद पराजुली, संघका सल्लाहकार मुकुन्द दाहाल, सोमप्रसाद हुमागाइ, कमलप्रसाद कुइकेल र प्रारम्भीक संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्