IMG-LOGO

एक्सप्रेस साकोसको संचालन मुनाफा ४८ लाख ४१ हजार

 मंगल, असोज ७, २०८२  --

एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाले यहि २०८२ भाद्र २३ गते संस्थाको कार्यालय भवनमा सत्रौ बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ईश्वर के.सी. को सभापतित्वमा संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिहरु, कर्मचारी वर्ग र सदस्यहरुको उपस्थितीमा सौहार्द वातावरणमा सदस्यहरुसँग छलफल तथा अन्तरक्रिया गर्दै संस्थाले आफ्नो १७ औं बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न गरेको छ ।

संस्थाका सचिव उद्धव प्रसाद तिमल्सिनाले आ.व. २०८२÷०८३ को लक्ष्य सहितको आ.व. २०८१÷०८२ को सचिवको प्रतिबेदन र कोषाध्यक्ष प्रेम कुमार लामाले आ.व. २०८१÷०८२ को बार्षिक बजेट सहित आ.व. २०८१÷०८२ को वित्तिय विवरण र लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गर्नुर्भएको थियो त्यस्तै लेखा तथा सुपरिवेक्षण समितीका संयोजक पुजन श्रेष्ठले लेखा समितीको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत अरुण थापाले आफ्नो प्रतिबद्धता सहितको मन्तब्य राख्नु भएको थियो र अन्त्यमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति ईश्वर के.सी.ले आफ्नो मन्तब्य राख्दै एक्सप्रेस साकोसप्रति सदस्यहरुले देखाउँनु भएको माया, विश्वास र सद्भावले गर्दा नै आज एक्सप्रेस साकोस सदस्यहरुको माझमा पहिचान सहितको सहज, सरल र सुरक्षित संस्था भएर आफ्नो विश्वास कायम गर्न सकेकोप्रति सम्पूर्ण सदस्यहरु, सरोकारवाला निकाय, शुभचिन्तक महानुभावहरु सबैलाई हार्दिक आभार ब्यक्त गर्नुभयो । अध्यक्ष के.सी.ले ऐन–नियम र विनियमको परिधीमा रहि स्तरीय र दिगो संस्थाको रुपमा सदस्यहरुलाई केन्द्रमा राखी पूर्ण जिम्मेवारी र जवाफदेहिताका साथ सदस्य माझमा कार्य गर्ने प्रतिबद्धता जनाउँनु भयो ।

संस्थाको आ.व. ०८१÷०८२ को अन्त्यसम्म कुल सम्पत्ति तथा दायित्व रु.१७,३६,३३,८२७।५९ बराबरको रहेको छ । संस्थामा शेयर पूँजी १,७७,६८,८००।०० रहेको छ । पल्र्स रिपोर्ट अनुसार संस्थामा ३३.५२% तरलता ब्यबस्थापन रहेको छ भने संस्थागत पूँजी १४.७६% देखिन्छ । संस्थाको बाह्य सापटी शुन्य रहेको छ भने यस आ.व.मा संस्थाले संचालन मुनाफा रु.४८,४१,४६५।६३ गर्न सफल भएको छ । संस्थाले जगेडा लगाएत अन्य कोष हिसावहरुमा आ.व. को अन्यसम्ममा रु.३,३४,९६,३३३।४२ निर्माण गर्न सफल भएको छ । संस्थाले आ.व. २०८१÷०८२ मा विभिन्न शिर्षक मार्फत राज्यकोषलाई २०,२६,२५८।८० बराबरको कर योगदान गरेको छ ।

एक्सप्रेस साकोसले स्थानीय संस्थाको रुपमा आफ्ना सदस्यहरुको माझमा विश्वास र सद्भावको वातावरण सृजना गरि सरल, सहज र सुरक्षित संस्थाको रुपमा परिचय बनाउँनका लागि सदस्यको उल्लेख्य भुमिका रहेको प्रति संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले कृतज्ञता ब्यक्त गर्नुभएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्