IMG-LOGO

सुनका गहना, नगद सहित नरेशलाई प्रहरीले पक्राउ ग¥यो

 मंगल, असोज ७, २०८२  --

 

नमोबुद्द नगरपालिका २ भकुण्डेबेसीबाट स्रोत नखुलेको नगद र गहनासहित एकजना पक्राउ परेका छन् । काठमाडौंबाट सिरहा जाँदै गरेको बा प्र १–००६ ख ९१७३ नम्बरको इभी गाडीमा सिरहा जाँदै गरेका गमरिया नगरपालिका–२ बस्ने २८ वर्षीय नरेशकुमार यादवको झोला खानतलासी गर्ने क्रममा ३ लाख ५० हजार ३ सय नगद र १२ लाख २६ हजार बराबरको सुनका गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भकुण्डेबेसीमा चेक जाँचको क्रममा यादवको झोलाबाट छड्के तिलहरी एक थान (७५ लाल ः मुल्य एक लाख एकसठ्ठी हजार आठ सय अठासी), मङ्गलसुत्र एक थान (१२.६ लालः मूल्य दुई लाख उनन्साठी हजार एक्काइस रुपैयाँ), बेरुवा औंठी एक थान (६३.३ लाल मुल्यः तिन लाख तिन हजार नौ सय उनासी रुपैयाँ), सिक्री तीन थान (२.३२ तोला मुल्य ः पाँच लाख एक हजार दुई सय पाँच रुपैयाँ) गरि १२ लाख २६ हजार बराबरको सुनका गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिए । गत सोमबार र मंगलबार काठमाडौँमा भएको जेनजी आन्दोलनको क्रममा विभिन्न लुटपाट भएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेले सक्कली कागजातसहित कोही कसैको चोरी भएको भए सम्पर्क गर्नको लागि अनुरोध समेत गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्