IMG-LOGO

काभ्रे जिल्लामा कहाँ कहाँ कति क्षति भयो ?

 मंगल, असोज ७, २०८२  --

 

गत भाद्र २३ र २४ गते जेन–जीले गरेको आन्दोलनका क्रममा देशै भरी ठूलो जनधनको क्षति भएको छ । आन्दोलनका क्रममा ५१ जना जनेजी, ३ जना प्रहरी, भाटभटनी सुपर मार्केटमा ३, गंगा दाहालको घरमा आगोलागी हुँदा १, केदीबन्दी १४ जना गरी ७२ जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालय काठमाण्डौंले जनाएको छ । त्यसैगरी जेनजीको आन्दोलनका क्रममा काभ्रे जिल्लामा पनि सरकारी संरचना र जनप्रतिनिधिका घरहरुमा समेत तोडफोड आगजनी र लुटपाट भएको छ ।

 

सरकारी संरचनाको क्षति

– बनेपा नगरपालिका (पुर्ण क्षति)

– पनौती नगरपालिका (तोडफोड)

– प्रहरी चौकी पनौती (तोडफोड)

– इलाका प्रहरी कार्यालय (पूर्ण क्षति)

– ट्राफिक प्रहरी कार्यालय बनेपा (पूर्ण क्षति)

– प्रहरी चौकी पाँचखाल (पूर्ण क्षति)

– प्रहरी चौकी कुन्ताबेशी (पुर्ण क्षति)

– जिल्ला कारागार धुलिखेल, (क्षति)

– प्रहरी विटहरू (बनेपा, धुलिखेल, पाँचखाल, पनौती, कुशादेवी लगायतका विभिन्न स्थानमा)

 

निजी संरचनाको क्षति

– पूर्व मन्त्री गोकुल बास्कोटा (भक्तपुरकों घर पूर्ण क्षति)

– पूर्व सांसद शिवप्रसाद हुमागाई (पनौती स्थित घरमा तोडफोड, सवारीसाधनमा आगजनी)

– अशोक ब्याजु, धुलिखेल नगरपालिका प्रमुख (घर पूर्ण रूपमा क्षति)

– रामशरण भण्डारी, पनौती नगरपालिका प्रमुख (घरमा तोडफोड र लुटपाट)

– भिम न्यौपाने, पुर्व नगर प्रमुख, पनौती नगरपालिका (घरहरूहरू पूर्ण रूपमा क्षति)

– गिता बञ्जारा, पनौती नगरपालिका, उपप्रमुख (घर पूर्ण रूपमा क्षति)

– पुरूषोत्तम अधिकारी, वडा अध्यक्ष, पनौती नगरपालिका (लुटपाट र घर तोडफोड)

– रामेश्वर थापा, पाईल, पनौतीको घर (पूर्ण क्षति)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्