काभ्रे । काभ्रे प्रहरीले बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ७ जनालाई पक्राउ गरेको छ । भदौ २८ र २९ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएर गएका प्रहरी अधिकृतसहितको टोलीले खोजतलास गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नम्बर ९ का २६ वर्षीय सिजन सुवाल, सोही वडाका २८ वर्षीय सुवास गौतम, बनेपा ९ कै ३४ वर्षका अछुत खड्का, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो रहेका छन् । यस्तै तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र रामेछापको उमाकुण्ड–४ का २३ वर्षीय प्रविन कार्कीलाई शनिबार काभ्रे जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।
