IMG-LOGO

विपि राजमार्ग पूर्णरुपमा सञ्चालनमा

 मंगल, असोज ७, २०८२  --

काभ्रे । गत असोज १० देखि १२ गतेको लगातारको वर्षाका कारण पहिरो, सडक भासिनेजस्ता जोखिम बढेपछि राति बन्द हुँदै आएको विपि राजमार्गअन्तर्गत काभ्रे खण्ड अब असोज १ गतेदेखि २४ सै घण्टा खुल्ने भएको छ । काभ्रेपलाञ्चोकको जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार विगतमा सवारी साधनको सुरक्षाका लागि राति ८ बजेदेखि बिहान ५ बजेसम्म निषेध गरिएको आवतजावत अब पूर्ण रूपमा खुला गर्ने निर्णय गरेको हो ।

वर्षायाममा कमजोर भौगोलिक अवस्था र निरन्तरको अवरोधका कारण यात्रुहरूलाई ठूलो असुविधा हुँदै आएको भन्दै अब दसैं–तिहारलगायत चाडपर्वमा सहज आवागमन सुनिश्चित गर्न २०८२ असोज १ गतेदेखि विपि राजमार्गको धुलिखेल (काभ्रेभञ्ज्याङ् (भकुण्डेबेसी) हुँदै सिन्धुलीतर्फ जाने र काठमाडौं–काभ्रे खण्डतर्फ आउने सबै सवारी साधनलाई २४ सै घण्टा चल्न दिने निर्णय भएको प्रशासनले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको २०८२ भदौ ३० गते बसेको बैठकले राजमार्ग पूर्णरूपमा खुला गर्ने निर्णय गरेपछि अब उक्त खण्डमा यात्रु तथा मालसामान ढुवानीमा सहजता हुने भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले यात्रुको सुरक्षा सुनिश्चित गर्न आवश्यक पूर्वाधार र संयन्त्र तयारीमै रहने जानकारी दिनु भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्