IMG-LOGO

सवारी लाइसेन्स छपाइ र वितरण बन्द

 मंगल, असोज ७, २०८२  --

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण अनिश्चितकालका लागि बन्द गरेको छ । विभागले एक सूचना जारी गर्दै, हालको परिस्थितिमा सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने जानकारी दिएको हो ।

विभागका अनुसार हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण विभागको संरचनामा गम्भीर क्षति पुगेको छ । विशेष गरी इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भर नष्ट हुँदा सवारीचालक अनुमतिपत्र तथा विद्युतीय सवारीसाधन दर्ता (भ्म्ीख्च्क्) सम्बन्धी सेवा पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ । ‘विभागको सूचना प्रविधि प्रणाली पुनःसञ्चालनमा ल्याउन समय लाग्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारीचालक अनुमतिपत्र छपाइ, वितरण तथा सम्बन्धित अन्य सेवा बन्द रहनेछ,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

सार्वजनिक सेवामा आएको यो अवरोधले लाइसेन्स प्राप्त गर्ने प्रक्रिया अगाडि बढाइरहेका हजारौँ सेवाग्राही प्रभावित भएका छन् । विभागले सेवा पुनः सुचारु गर्नका लागि आवश्यक प्राविधिक मर्मत र पुनर्संरचनाको काम अगाडि बढाइने जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्