IMG-LOGO

बनेपा नगरको सेवा स्वास्थ्य शाखाबाट

 मंगल, असोज ७, २०८२  --

 

बनेपा नगरपालिकाले स्वास्थ्य शाखा भवनबाट अत्यावश्यक सेवा प्रारम्भ गरेको छ । गत भदौ २४ गते जनेजीको आन्दोनकारीले तोडफोड आगजनी गर्दा भवन जलेर खरानी भएपछि सँगै रहेको स्वास्थ्य शाखाबाट सेवा सुचारु गरिएको हो । आन्दोलनमा भएको जनधनको क्षतिप्रति नगरपालिकाले दुःख व्यक्त गरेको छ । वि.सं. २०३८ सालमा स्थापना भई नागरिकको सेवामा समर्पित ऐतिहासिक महत्व बोकेको बनेपा नगरपालिकाको प्रशासनिक भवन भदौ २४ गतेका दिन आगजनी हुँदा पूर्ण रूपमा क्षति भई नगरको इतिहास तथा कार्यालयमा रहेका सम्पूर्ण ऐतिहासिक महत्वका अभिलेख तथा दस्तावेजहरू पूर्ण रूपमा नष्ट भएका छन् ।

यस किसिमको दुष्कर्ममा संलग्न व्यक्तिहरूको खोजी गरी अविलम्ब कानूनी कारवाही गर्न बनेपा नगरपालिकाले सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरी अघि बढ्ने जनाएको छ । यस विषम परिस्थितिवाट नगरपालिका र नगरबासीलाई विचलित नभई सार्वजनिक, निजी तथा व्यवसायिक प्रतिष्ठानहरूको सुरक्षाका लागि समुदायस्तरमा क्रियाशील टोल विकास संस्थाहरू, स्थानीय क्लबहरू, नागरिक समाज र प्रबुद्ध व्यक्तिहरूले स्थानीय प्रशासन, सुरक्षा निकायहरूसँग समन्वय र सहकार्य गरी अगाडी बढ्न बनेपा नगरपालिकाले अनुरोध गरेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्