पतंजलि योग समिती काभ्रेअन्तर्गतको पाँचखाल योग साधना केन्द्रले पाँचखालको तामाघाटमा १५ दिने सह–योग शिक्षकको तालिम शुभारम्भ गरेको छ । उक्त तालिमको प्रमुख अतिथी पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले उद्घाटन गर्दै स्वस्थ जिवनको लागी दैनिक योग अभ्यास अपरिहार्य भएको र आफुले सिकेको योग ज्ञानलाई टोल टोल, वडा वडासम्म पु¥याई स्वस्थ समाजको निर्माण गर्नु पर्ने बताउनु भयो । पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकास कायष्ठको सभापतित्वमा भएको कार्यक्रममा उक्त तालिमका प्रमुख प्रशिक्षकमा बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले हुनुहुन्थ्यो । यसै बिच बनेपा नगरपालिका वडा नं. १० स्थित जनज्योती योग साधना केन्द्रको प्रथम वार्षिक उत्सव भव्य रुपमा मनाईएको छ । उक्त वार्षिक उत्सवको प्रमुख अतिथी पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले समुद्घाटन गरिएको कार्यक्रममा बनेपा न.पा. वडा नं.१०का वडाअध्यक्ष चन्द्र बहादुर खड्का, पतंजलि योग समिती बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, सल्लाहकार सरिता शाक्य, पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकास कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजलेले मन्तव्य राख्नु भएको थियो भने जनज्योती योग साधना केन्द्रका संयोजक शिव प्रसाद तिमल्सिनको सभापतित्वमा भएको कार्यक्रमको स्वागत मन्तव्य जिवन भुजेलले गर्नु भएको कार्यक्रममा पतंजलि योग समितीका पूर्व अध्यक्षद्वय हरिशरण श्रेष्ठ र अनु श्रेष्ठ, उपाध्यक्षद्वय मोहन कृष्ण श्रेष्ठ र कमला राजभण्डारी, महामन्त्रीद्वय श्याम कुमार श्रृष्ठ र लक्ष्मी उलक लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको सञ्चार प्रभारी मिलन भक्त श्रेष्ठले बताउनु भयो ।
