IMG-LOGO

नेपाल सोतोकान कराते संघ (क्प्क्ष्) को तेस्रो साधारण सभा

 मंगल, भदौ २४, २०८२  --

 

काठमाडौं । नेपाल सोतोकान कराते संघ (क्प्क्ष्) को भाद्र २२ गते तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको शान्तिनगरमा सम्पन्न भएको साधारण सभाले आगामि ५ वर्षका लागि संघका संस्थापक हेमकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिका उपाध्यक्षमा प्रमिला सिंह र प्रताप सुवेदी, महासचिवमा रञ्जन श्रेष्ठ, कोषाध्यक्ष आशिष श्रेष्ठ र सचिवमा सचिवमा समुन्द्रकाजि श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा केशव अधिकारी, श्रीकृष्ण श्रेष्ठ, सुशिल मचामसी, सरिता गौतम र प्रिस्का उदास निर्वाचित भएका छन् । वार्षिक साधारणसभा एवं निर्वाचनमा प्रमुख अतिथि नेपाल कराते महासंघका महासचिव एवं नेपाल सितोरियो कराते संघका अध्यक्ष दाबा गुरुङ, एवं खेलकुद क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्