नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाले बिहिबार नेपाल रेडक्रस सोसाइटीको ६३ औ स्थापना दिवश “मानवताको पक्षमा” भन्ने मुल नारा सहित बिभिन्न कार्यक्रम आयेजना गरि मनाएको छ । नेपाल रेडक्रस सोसाईटी काभ्रेपलाञ्चोक जिल्ला शाखा र जिल्ला शाखा अन्तर्गत गठित सम्पुर्ण उपशाखाहरुका स्वयंम सेवक कर्मचारीहरु जुनियर÷युवा रेडक्रस सर्कलद्घारा विविध कार्यक्रमहरु संचालन गरि हर्ष उल्लास बातावरणमा यस बिशेष दिनको अबसरको रुपमा मनाएको छ । यस ६३ औ स्थापना दिवशको अबसर सम्म आईपुग्दा रेडक्रसलाई सहमतिका साथ काम गर्ने वातावरण बनाई जिल्ला र उपशाखाहरु, स्वंमसेवक तथा जुनियर÷युवा सर्कलहरुबाट भएका कामहरुलाई सहजीकरण र हौसला प्रदान गर्न र आफनो भावनालाई नियन्त्रण गर्दै संस्थाका नियमित गतिबिधिहरुमा स्वयंम सेवकहरुलाई सहज वातावरणमा अगाडी बढन र र या सोसाइटीलाई रेडक्रसका गतिबिधिहरु समुदायमा सञ्चालन गर्न तथा सञ्चालित कार्यक्रम तथा गतिबिधिहरु अझ सफल बनाउन काभ्रेपलाञ्चोक जिल्लाका सम्बन्धित सबैमा अनुरोध गर्दै स्थापना दिवशको अबसरमा सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दै रेडक्रस जस्तो पवित्र संस्थालाई गतिशिल ढङ्गबाट सञ्चालन गर्नुपर्ने कुरा मन्त्री राजु सिग्देलले बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी काभ्रेले ६३ औ स्थापनाको अवसरमा जा हेनरी ड्युनाको तश्विरमा माल्यार्पण गरि र दिप प्रज्वल तथा शुभकामना आदान प्रदान सहित सम्पन्न ग¥यो । कुशादेवी उपशाखाले पनौती न.प. वडा न. ५ मा रहेको मानव समाज बाल आश्रममा आश्रित ३२ जना वालवालिकाहरुलाई खाद्यान्न, स्टेशनरी, फलफुल, दुध बिभिन्न सरसफाईका सामाग्री त्रिपाल, कम्बल, म्याट्रेस, बाल्टीन बितरण साथै उपशाखा परिसरमा दीप प्रज्वलन गरि मनायो । पनौती उपशाखाले ६३ औं रेडक्रस दिवशको अबसरमा रेडक्रस सन्देश मुलक –याली÷प्रभातफेरी साथै रक्तदान कार्यक्रम र पालिका भित्र रहेका जुनियर रेडक्रस सर्कलहरुलाई ब्यानर बितरण ग¥यो । चण्डेनी मण्डन उपशाखाले ६३ औं रेडक्रस दिवशको अबसरमा रेडक्रस अन्र्तक्रिया कार्यक्रम गरी मनायो । चलाल उपशाखाले रेडक्रस दिवशको अबसरमा रक्तदान कार्यक्रम ग¥यो । काभ्रे उपशाखाले रेडक्रस दिवशको अबसरमा स्वास्थ्य सामाग्री बितरण तथा उपशाखा परिसरमा दिप प्रज्वलन गरी मनायो । मंगलटार उपशाखाले रेडक्रस दिवशको अबसरमा रेडक्रस अन्तरक्रिया कार्यक्रम तथा रक्तदान कार्यक्रम गरी मनायो । पार्वती मा.वि बेथानचोकले जु.रे.स सर्कलका छात्रा छात्रहरुलाई रेडक्रस अभियान तथा जु.रे.स सम्बन्धी अभिमुखिकरण गरी मनायो । नव प्रभात अग्रेजी मा.बि नमोबुद्घ, मंगलटार उपशाखा र डराउेपोखरी उपशाखाले रेडक्रस दिवशको अबसरमा रक्तदान कार्यक्रम ग¥यो । डराउनेपोखरी पोखरी उपशाखाले रेडक्रस दिवशको अबसरमा रक्तदान कार्यक्रम गरि मनाएको छ ।
