IMG-LOGO

खानीखोलाकी १९ वर्षीय आयुस्मा सुत्केरी हुन नसक्दा हेलिकप्टरबाट थापथली अस्पतालमा

 मंगल, भदौ २४, २०८२  --


    खानीखोला गाउँपालिका वडा नम्वर ५ ताल्ढुंगा स्वास्थ्य चौकीमा रहेको बर्थिङ्ग सेन्टरमा उपचारार्थ १९ बर्षिया आयुस्मा भ्लोनलाई हेलिकप्टर मार्फत थप उपचारका लागि परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली पठाईएको छ ।
    गाउँपालिका अध्यक्ष इनद्रबहादुर थिङ्गले प्रमुख जिल्ला अधिकारी मार्फत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पत्राचार गरेका थिए । उक्त पालिकामा राष्ट्रपति महिला उत्थान कार्यक्रम अघिल्लो वर्षसम्म लागु भएको थिएन । यो वर्ष देखि शुरु भएको उक्त कार्यक्रमको पहिलो सेवा उनै आयुस्मा भ्लोनले प्राप्त गरेको हो ।
    २०८२ भदौ २१ गते विहान १० बजे ताल्ढुंगा स्वास्थ्य चौकीमा भर्ना भएकी आयुश्मा १९ बर्षकी मात्रै छिन् । बालविवाह समेत अत्याधिक रहेको उक्त पालिकामा भ्लोनलाई सहज उपचार गराउन नसके पछि हेलिकप्टर मार्फत थप उपचारका लागि राजधानी लगिएको हो । १८ घण्टा भन्दा धेरै समय सुत्केरी ब्यथाले च्यापेपछि सहज ढंगबाट बच्चा जन्माउन नसक्ने अवस्थाका कारण काठमाण्डौं रिफर गरिएको स्वास्थ्य चौकीले जनाएको छ ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्