IMG-LOGO

नृत्य प्रतियोगितामा सबै विजयी

 मंगल, भदौ २४, २०८२  --


    राइजिङ स्टार अर्लि चाईल्डहुड डेभलपमेन्ट काभ्रेले आयोजना गरेको ‘काभ्रे डान्स स्टार’ कार्यक्रम शनिबार बनेपामा सम्पन्न भएको छ । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १४ वटा विद्यालयका १ सय ५० जना भन्दा धेरै बालबालिकाहरुले सहभागिता जनाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शाक्यले बालबालिका हरुको प्रतिभा प्रस्फुटन गर्ने यस्तो कार्यक्रमले बालबालिकाहरुमा उर्जा थप्ने उल्लेख गर्नुभयो । सहभागी बालबालिकाहरु सबै विजयी हुने गरी आयोजना गरिएको कार्यक्रम संस्थाकि अध्यक्ष जुनु मानन्धरको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा उपाध्यक्ष अनिता प्रजापतिले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा एशोसिएसनका पदाधिकारीहरु, बनेपा –८ को वडाध्यक्ष शुभलक्ष्मी मानन्धर, सहभागि विद्यालयका प्रिन्सिपलहरु, विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियोे ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्