अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि.को नवौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा सचिब जयराम कुइँकेलले संस्थाको वार्षिक प्रतिबेदन ,कोषाध्यक्ष जनक तिमल्सिनाले आर्थिक प्रतिबेदन र संयोजक विष्णुप्रसाद शर्माले लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन प्रस्तुत गर्नुभयो । ४ हजार ४ सय ६० जना सदस्य रहेको संस्थाको कुल शेयर पुजीं ३ करोड ९ लाख ७० हजार ९ सय, कुल निक्षेप ३४ करोड २१ लाख ७५ हजार, ऋण लगानी २८ करोड १ लाख ९६ हजार ५ सय, कुल वासलात ४१ करोड १४ लाख ९४ हजार ८ सय रहेको बताइएको छ । साधारण सभाले कमलबहादुर रायको अध्यक्षतामा नयाँ समिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा जनक तिमल्सिना, सचिब जयराम कुईकेल,कोषाध्यक्ष भरतबहादुर केसी, सदस्यहरुमा राजाराम पराजुली, शिब प्रसाद पौड्याल, सुमित्रा तिमल्सिना र सावित्री बजगाई निर्वाचित भएका छन् । त्यसैगरी लेखासुपरिबेक्षण समितिको संयोजक विष्णुप्रसाद शर्मा, सदस्यमा विजुलीमाया श्रेष्ठ र राजेन्द्र तिमल्सिना रहेका छन् । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष उत्तम प्रसाद तिमल्सिना, प्रस्कुनका महासचिब गोविन्द काफ्ले, जिल्ला बचत सघंका बरिष्ठ उपाध्यक्ष सागर कपाली, पुर्व वडाध्यक्ष रविन्द्र कर्मचार्य, संस्थाका सल्लाहार हरिकृष्ण तिमल्सिना लगायतले शुभकामना मन्तब्य राख्नुभयो । संस्थाका अध्यक्ष दिपक प्रसाद दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रममा उत्कृष्ट बचत कर्ता उत्कृष्ट ऋणी, शेयर सदस्यका छोरा छोरीले कक्षा १२ मा उत्कृष्ट हाँसिल गरेकाहरुलाई सम्मान सहित पुरस्कृत गरेको छ ।
