बनेपा, हिमकाली समाजसेवा बचत तथा ऋण सहकारी संस्था लि. पनौती–१२ को २४ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अर्जुनप्रसाद बजगाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अनन्त सत्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । सचिव उत्तमप्रसाद आचार्यले प्रगति तथा भावी कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष कृष्णप्रसाद शर्माले आ.व. ०८१÷०८२ को लेखापरीक्षण तथा आगामी वर्षको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समिति संयोजक मोहनप्रसाद सत्यालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । १ हजार ५ सय १९ शेयर सदस्यबाट १ करोड ४४ लाख ३८ हजार ४ सय रहेको छ । विभिन्न कोष गरी १० करोड ६ लाख ६० हजार ६ सय ५७ रहेको छ । १ करोड ५ लाख ९३ हजार १७ लगानी गरेको छ । २२ लाख ६६ हजार ८ सय ६७ स्थिर सम्पती रहेको छ ।
