IMG-LOGO

मण्डनदेउपुरमा रोशनीको नेतृत्वमा बाल सञ्जाल गठन

 मंगल, भदौ २४, २०८२  --

    मण्डनदेउपुर नगरपालिकाको आयोजनामा इको हिमाल नेपालको सहकार्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा संचालित नगरस्तरिय बाल, किशोरी सञ्जाल तथा बाल अधिकार संरक्षण समिति गठन अभिमुखीकरण कार्यक्रम नगर प्रमुख टोकबहादुर वाइबाको अध्यक्षतामा सम्पन्न भयो ।
    नगरपालिकाले २०८३ सालसम्ममा बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धता जाहेर गरिसके बमोजीम पूरा गर्नुपर्ने ५१ वटा सूचकहरुलाई पूरा गर्नका लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकासकालाई पूरा गर्न बालबालिकासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । यसैक्रममा नगरपालिकाले १२ वटै वडामा बाल सञ्जाल गठन गरिसकेको छ । त्यसैगरी २० वटा विद्यालयहरु तथा समुदायस्तरमा पनि बाल क्लबहरु गठन गरिसकेको छ । यिनै बाल क्लबहरुबाट बाल सहभागिाताको संस्थागत विकास गर्नका लागि रोशनी रम्तेलको अध्यक्षतामा २५ सदस्य रहने गरि नगरपालिका स्तरिय बाल सञ्जाल गठन गरेको छ ।
    यस्तै नगरपालिका तथा इकोहिमाल नेपालको सहयोगमा २० वटा विद्यालयहरुमा किशोरी समूह गठन गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । किशोरी सञ्जालको अध्यक्षमा सपना यस किशोरी समूहलाई संस्थागत विकास गर्नका लागि सपना सुन्दासको अध्यक्षतामा २५ सदस्य रहने गरि नगरपालिकास्तरिय किशोरी सञ्जाल गठन गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार उपमेयर विष्णुमणि नेपालको संयोजकत्वमा १५ सदस्यीय नगरपालिकास्तरिय बालअधिकार समितिसमेत गठन गरिएको छ । उपमेयर विष्णुमणि नेपालले बालबालिका, किशोर किशोरीहरुको वृद्धि विकास, नेतृत्व र क्षमता विकास, अधिकारको संरक्षण सम्वद्धनको लागि नगरपालिकाले कार्य गर्दै आएको बताउनुभयो ।
    इकोहिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु र इकोहिमाल नेपालका कार्यक्रम व्यवस्थापक अनिता खरेल, विद्यालयका प्रधानाध्यापक, बालक्लब तथा किशोरी समूहमा संरक्षक शिक्षकहरुको सहभागीता रहेको थियो । यसैगरि कार्यक्रमको सहजीकरण हरि घिमिरे, लक्ष्मी आचार्य र धर्मराज पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालक महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तथा बालकल्याण अधिकारी जानकी मिश्रले गर्नु भएको थियो ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्