मानव वेचविखन विरुद्धको १९ औं राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाएको छ । माइती नेपाल, जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय काभ्रे धुलिखेलको संयूक्त आयोजनामा शुक्रबार मानव वेचविखन विरुद्धको राष्ट्रिय दिवस मनाएको हो । हाम्रो आवाज चेलिबेटी बेचविखन मुक्त समाज बनाउने अभियानका साथ गाउँ सहर दुवैमा सचेतना पैmलाउनु पर्ने विषय उठान भएको थियो । सहरका अंघिकांश खाजा घर, अनकन्तार चोक र गल्लीहरुमा बेथिति विकृतिका गतिविधि भएकाले प्रहरी प्रशासनले रात विहान गस्ती गर्नुपर्ने तर्पm उपस्थित अभिनकर्मीहरुले आ–आप्mनो धारणा राखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाह, नेपाल पत्रकार महासंघ काभ्रे पूर्व अध्यक्ष एवं मानव अधिकारकर्मी भोजराज तिमल्सिना, गैसस महासंघ काभ्रे अध्यक्ष गंगा ढोङ्ग, माइती नेपाल र गैर सरकारी संस्थाका प्रतिनिधिहरुको र विद्यार्थीहरुको समेत कार्यक्रममा सहभागीता रहेको थियो ।
