IMG-LOGO

अवैधानिक रुपमा सञ्चालित कन्सल्टेन्सी सञ्चालनमा रोक

 मंगल, भदौ २४, २०८२  --


    बनेपा÷दर्ता नभएका कन्सल्टेन्सीहरुले अवैधानिक ढङ्गले धामाधम विद्यार्थीहरु अध्ययनका नाममा विदेश पठाउने, विदेश गएका विद्यार्थीहरुले सम्झौता अनुसार रोजगार र अध्ययन गर्न अवसर नपाउने तथा अभिभावकहरुसँग अधिक शुल्क लिएर राज्यलाई बुझाउनु पर्ने राजश्व समेत नबुझाउने सूचनाका आधारमा जिल्ला अनुगमन समिति काभ्रेले बनेपामा रहेका कन्सल्टेन्सीहरुको अनुगमन गरेको छ ।
    आधारमा काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्धमा करिब एकसयको हाराहरीमा एक सय कन्सल्टेन्सीहरु संचालनमा रहेका छन् । व्यापारीक सहर बनेपामा मात्रै ७८ वटा भन्दा धेरै संचालनमा छन् । संचालनमा रहेका मध्ये प्राप्त सूचनाका आधारमा १२ वटा मात्रै दर्ता अनुमति लिएका छन् । चारवटाले शिक्षा मन्त्रालय र वाँकी ८ वटाले प्रदेशमा रहेको सामाजिक विकास मन्त्रालयबाट अनुमति पाएको कुरा जिल्ला अनुगमन समितिले जनाएको छ । कानुनी प्रावधान अनुसार हरेक स्थानीय सरकारमा व्यसाय सञ्चालन गर्दा व्यवसाय दर्ता प्रमाणपत्र लिएर सञ्चालन गर्नुपर्ने हुन्छ अधिकंसले कानुनलाई व्यवस्था गरी सञ्चालन गरेका छन् । 
    बनेपामा रहेका मध्ये दर्ता प्रमाणपत्र भएका कन्सल्टेन्सीहरुमा मेन्ट्रस एजुकेशन कन्सल्टेन्सि, मेभन् एजुकेशनल सर्भिसेस, नाइस इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी, कृप्टन एजुनेशन कन्सल्टेन्सी, सोरा जापानीज ल्याङ्वेज कन्सल्टेन्सी, सक्सेस अब्रोड स्टडी, डिज्नि सि एजुकेशन कन्सल्टेन्सी, रिच इट लर्निङ सेन्टर, हाचिको जापानीज ल्याङ्वेज एन्ड कल्चर सेन्टर, एडुकेयर इन्टरनेशनल एजुकेशन सेन्टर, बनेपा अप्टिमस ग्लोबल र फर्बिड एजुकेशन बनेपा रहेका छन् । अन्य ६६ वटा कन्सल्टेसीहरु अवैधानिक रुपमा चलेकाले अतेर गरे जिल्ला प्रशासन काभ्रेले कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्