हिजो राजधानी लगायत विभिन्न जिल्लामा भएको जेनजी आन्दोलन माथि प्रहरीले दमन गरेपछि साझपख बनेपामा पनि जेनजी प्रदर्शन थप चर्किएको छ । काभ्रेको बनेपामा जम्मा भएका जेनजी युवाहरु सडकमा उत्रिएर सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र भ्रष्टाचार विरुद्ध गरिएको आन्दोलनमा प्रहरीले गोली चलाएको घटना प्रति आक्रोशित देखिन्थे । बनेपामा प्रदर्शनकारीहरुले ‘गोलि हान्न पाइदैन, हत्यारा सरकार मुर्दावाद, रगतको हिसाब दे’, ‘भ्रष्ट सरकार राजीनामा दे’ झ लगायतका प्लेकार्ड सहित विरोध प्रदर्शन गरेका छन् ।
