IMG-LOGO

पुलबजार योग साधना केन्द्रको वार्षिक उत्सव

 मंगल, भदौ १७, २०८२  --

    बनेपा स्थित वडा नं. १० पुलबजार योग साधना केन्द्रको १८ औँ वार्षिक उत्सवको पानसमा दिप प्रज्वलित गरि पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले उद्घाटन गर्नु भयो । सो अवसरमा ८ वर्षको उमेरमा नै योग कक्षा संचालन गर्न सक्ने बालिका प्रप्ति खरेललाई सम्मान गरिएको थियो । उक्त केन्द्रका संयोजक रेशम ख्वाकल बादेको सभापतित्वमा भएको कार्यक्रममा वडा नं.१० का वडाध्यक्ष चन्द्र बहादुर खड्का, पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकास कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, युवा अध्यक्ष रमेश श्रेष्ठ, प्रदेश सल्लाहकार सरिता शाक्य, प्रदेश सदस्य दमन कुमार श्रेष्ठले मन्तव्य राख्नु भएको थियो । सो अवसरमा पूर्व अध्यक्षद्वय हरि शरण श्रेष्ठ र अनु श्रेष्ठ, महिला उपाध्यक्ष कमला राजभण्डारी, महामन्त्रीद्वय श्याम कुमार श्रेष्ठ र लक्ष्मी उलक लगायतका जिल्लास्थरिय पदाधिकारी तथा सदस्यहरुको र योग साधक साधिकाहरुको उल्लेखनिय उपस्थिती रहेको संचार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिनु भयो ।
       यसै बिच बनेपा न.पा वडा नं.४ स्थित सृष्टिकान्त योग साधना केन्द्र नालामा नव निर्मित भवनमा ३ दिने योग शिविर शुभारम्भ भएको छ । सो शिविरको पानसमा द्घिप प्रज्वलित गरि वडा नं ४ का वडा अध्यक्ष श्याम कुमार श्रेष्ठले समुद्घाटन गर्नु भयो । उक्त शिविरको प्रमुख प्रशिक्षकमा पतंजलि योग समिती बाग्मती प्रदेश प्रमुख ग्रोवेन तौजले हुनुहुन्छ । सो कार्यक्रमको सभापतित्व उक्त केन्दका संयोजक नारायण बहादुर श्रेष्ठले गर्नु भएको थियो । उक्त शिविरमा पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकास कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो । 
       यसै बिच जागेश्वरी योग साधना केन्द्र पनौती न.पा. ९ सुन्थान नौविसेमा १५ दिने सह योग शिक्षक प्रशिक्षणको समापन कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा दिक्षित भएका योग साधक साधिकाहरुलाई पतंजलि योग समिती बाग्मती प्रदेश प्रमुख ग्रोवेन तौजलेले दिक्षान्त गरि पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकास कायष्ठले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । साथै दिक्षान्त भएका योग शिक्षकहरुलाई महिला पतंजलि योग समिती काभ्रेका अध्यक्ष ईन्दिरा तौजलेले माला र सरिता शाक्यले टिका लगाईदई शुभकामना व्यक्त गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्