बनेपा–१० जनागाल स्थित हंसदा योग आश्रम को ३० औ वार्षिक साधारण सभा, आश्रम व्यवस्थापन समितिका अध्यक्ष स्वामी ऋृषिकुमार पञ्चशीलको सभापतित्व र पशुपति विकास कोषका पूर्व सदस्य सचिव डाक्टर गोविन्द टण्डनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । साधारण सभाले सचिव यादव थापाले प्रस्तुत गर्नुभएको आश्रमको आ.ब. २०८१÷०८२ को प्रगति प्रतिवेदन र आ.ब. २०८२÷०८३ कार्य योजना तथा कोषाध्यक्ष माया बादे श्रेष्ठले प्रस्तुत गर्नुभएको आ.ब. २०८१÷०८२ लेखापरीक्षण प्रतिवेदन सहित आश्रम उपचार कोष व्यवस्थापन कार्यविधि २०८१ लाई पारित गरेको छ । आश्रम व्यवस्थापन समितिका सदस्य रविन्द्र भैलले सन्चालन गर्नु भएको साधारण सभालाई प्रमुख आतिथि डाक्टर गोविन्द टण्डन, बनेपा वडा नं. १० का वडाअध्यक्ष चन्द्रबहादुर खड्का लगायतले सम्बोधन गर्नुभएको थियो ।
